२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र दिमाग खरावको गीत ‘झम्के झमा झम’ सार्वजनिक



१६ असोज । आगामी तिहारको छेको पारेर कार्तिकको २४ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’ सार्वजनिक भएको छ ।
राजधानी काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यस गीतमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, नायकहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, कलाकार बिजय बराल, पुष्कर गुरुङ, नायिका सुपुष्पा भट्टको नृत्य हेर्न सकिन्छ ।

गायक सुमित खड्का र गायिका नम्रता काफ्लेको स्वर रहेको य िगीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा शेखर घर्ती मगरले कोरियोग्राफी गरेका छन् । कार्यकारी निर्माता सुरज बम ठकुरी रहेको चलचित्र दिमाग खरावमा सुशन प्रजापतिको छायांकन छ ।

सिनेमा आर्टस् प्रा.लि र ब्ल्याक हर्स पिक्चर्स प्रा.लिको निर्माणमा तयार भएको यो फिल्मलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

सार्वजनिक भएको गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको समेत नृत्य हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।