११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुर्यविनायक नगरपालिका छोरीको घर निर्माण गर्न १ करोडसम्म सहयोग गर्न तयार



भक्तपुर
१७ असोज । भक्तपुरको सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी एक करोडसम्म सहयोग गर्न तयार रहेको घोषणा गरेका छन् ।
चाँगुनारायण नगरपालिका ९ ताथलीमा केही समयअघि स्थापित सो आश्रममा जारी श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा नगरपालिकाका विभिन्न टोलीसहित सहभागी भएका मेयर थापाले सो घोषणा गरेको हुन् ।

छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर, चाँगुनारायण तथा साँस्कृतिक महामहोत्सवमा नगरप्रमुख थापाले १ लाख १ हजार १११ रुपैयाँ तथा उपमेयर सरिता तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गरेकी छन् ।

महायज्ञमा मेयर सरिता तिमिल्सिना, वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ , २ का प्रदिप कार्की, ३ का दिपेन्द्र केसी, ४ का लक्षुराम केसी, ५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्का, वडा नं ७ का रविन्द्र सापकोटा, ८ का पुष्पराज बस्नेत, ९ का भगवान खत्री र वडा नं १० का शिवराम राउतको पनि सहभागीता थियो ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : १४ बजे