१७ असोज । आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी भारती मानन्धर तारिख लिएर फर्किने क्रममा अदालत परिसरमै ढलेकी छन् ।
बुधबार रिट फाँटमा पुगेर तोरिख लिएपछि फर्किने क्रममा सर्वोच्चको परिसरमा उनी बेहोस भएर ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।
भारतीले संविधान दिवसको अवसरमा रिगलको कैद मिनाहा गरिएकोविरुद्ध बुधबारदेखि नै अनशन पनि थालेकी छन् ।
प्रतिक्रिया