२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसिडपिडित मुस्कान खातुन भन्छिन्, ‘मेरो अनुहार विगारे पनि सपना बिगार्न सकेको छैन’



ललितखबर
१८ असार । केही बर्ष अघि एक किशोरले प्रेम प्रस्ताव स्विकार गर्दा एसिड आक्रमणमा परेकी युवती मुस्कान खातुनले आफ्नो अनुहार विगारे पनि सपना जलाउन नसकेको बताएकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खातुनले एसिड आक्रमणपछि कानून कमजोर रहेको थाहा पाएपछि दुःख लागेको बताइन् । उनले कानून परिवर्तन भएर यो दुखद घटना आफ्रनोपछि अन्त्य हुनुपर्छ भन्दै आवाज उठाएकी थिइन् । उनले तत्कालिन प्रधानमन्त्रीसँग कुरा राखिन् । सरकारले तत्काल अध्यादेश मार्फत कानून समेत ल्यायो ।

 

न्यायको लडाईमा खरो उत्रेकी पिडित खातुनले शक्तिशाली महिलाको रुपमा अमेरिकाबाट सहसी महिलाको रुपमाा पुरस्कार पाइन् भने राष्ट्रपतिको हातबाट जनसेवा श्री पदक पाइन् ।
डाक्टर बन्ने सपना बोकेकी पिडित खातुन महिलाहरुको पक्षमा लड्न त्यसपछि कानून बढ्न थालेको बताइन् ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम प्रस्ताव अस्वीकार गरेकोमा एसिड हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।