११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण



काठमाडौँ
१८ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।
भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पु¥याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिएका छन् । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए ।
भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पु¥याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए ।
बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।
विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ७ : ५४ बजे