१८ असोज । चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको सम्बन्धमा चलचित्र सम्बद्ध विभिन्न संघसंस्थाको गम्भीर आपत्ती व्यक्त गरेका छन् ।
चलचित्र विकास वोर्डको स्वायत्ता भन्दा बाहिर गएर बनाइएको विद्येकलाई चलचित्र क्षेत्रले मान्यता प्रदान नगर्ने धारणा सार्वजनिक गर्दै प्रस्तावित विद्ययकलाई पूर्ण अस्वीकार गर्ने बताएका छन् ।
चलचित्र विकास वोर्डलाई सञ्चार मन्त्रालयको एउटा विभागको रूपमा परिकल्पना गरिएको यो विद्ययक संघीयताको मर्म विपरित, चलचित्रकर्मीहरूको सहमती, सहभागिता, मर्म, भावना र पेशागत सुरक्षाको प्रत्याभूती बिना परिकल्पना गरिएको भन्दै यो विद्ययक कुनैपनि हालतमा अघी नबढाउन जोडदार माग गरेका छन् ।
प्रस्तावित विद्ययकका सम्बन्धमा चलचित्र निर्माता संघको अगुवाइमा सम्पूर्ण पेशागत संघसंस्थाहरु र चलचित्र क्षेत्रका विज्ञहरूसँग गम्भीर छलफल भइरहेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् ।
विद्ययकका सम्बन्धमा शुक्रबार बोर्डमा छलफल राखिएको छ । शुक्रबारै विद्ययकका असहमतीका सम्बन्धमा मन्त्रालयलाई आफ्नो धारणा लैजाने कार्यक्रम रमेत रहेको बुझिएको छ ।
प्रतिक्रिया