११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको इमाडेल,गोंगबु र फुटुङमा श्रृखलाबद्ध चोरी



काठमाडौं
१८ असोज । राजधानीको इमाडेल,गोंगबु र फुटुङमा श्रृखलाबद्ध चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोल भैरबटोल डेरा गरी बस्ने काठमाडौं महानगरपालिका २७ घर भएकी ३३ वर्षीया मिना श्रेष्ठको कोठबाट सुन तथा चाँदीका गहना र नगद १० हजार रूपैयाँ गरी करिब ६ लाख १७ हजार २ सय रूपयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
काठमाडौंको टोखा नगरपालिका ९ गोगंवु चोक डेरा गरी बस्ने गोरखा पालुङटार नगरपालिका ५ घर भएका ४५ वर्षीय बाबुराम देबकोटाको चहाना उज्वल एक्सपर्ट ईम्पोर्ट प्राईभेट लिमिटेडको कार्यालयबाट ल्यापटप २ थान, प्रोजेक्टर १ थान र क्वान्टम म्याग्नेटिक एनालाईजर १ थान गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका ७ फुटुङ नागपोखरी बस्ने ४० वर्षीय राम कुमार लुङ्गेली मगरको घरबाट विभिन्न सुनकागहना र नगद २० हजार रूपैयाँ गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
प्रहरीले चोरीका घटनाका सम्बन्धमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ४ : ५६ बजे