२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री बर्षा चलचित्र ‘परदेशी २’को प्रमोसन टुरमा सँगै जान नपाएपछि दुःखी



ललितखबर
१९ असोज । यही असोज २६ गतेबाट देशभर चलचित्र परदेशी २ प्रर्दशनमा आउँदैछ । चलचित्रको प्रमोसनमा देशभर कलाकारसहितको टिम देश दौडाहामा छन् । तर त्यो प्रमोशन टिममा अभिनेत्री बर्षा सिवाकोटी देखिनन् ।
तर बर्षा भने राजधानीमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै समय विताइन् । त्यसबेला उनका विवाह र सम्बन्ध विच्छेदका विषयमा धेरै चर्चा भयो । चलचित्रको प्रमोसनभन्दा व्यक्तिगत जीवनको प्रचार भएको भन्दै प्रश्न पनि उठे ।
अभिनेत्री बर्षा टिममा आफूलाई नदेख्दा प्रश्न उठ्नु स्वभाविक नभएको बताउछन् ।
अन्र्तवार्ताहरुमा बर्षा भने प्रमोशनको टिम फरक फरक ठाँउमा जाने योजना रहेको स्प्रष्टिकरण दिन्छन् । पश्चिममा केकी अधिकारी सहितको समूह प्रचारमा गएपछि पुर्वमा बर्षा जाने योजना रहेको बर्षा बताउछिन् । तर सबै टिम एकै ठाँउमा नहुँदा नराम्रो लाग्ने उनको भनाई छ ।
लामो समयसम्म सञ्चारमाध्यामहरुमा नदेखिएकी बर्षा बल्ल बल्ल चलचित्र परदेशी २ प्रर्दशनमा आउदा निर्माताले बर्षालाई प्राथमिकता नदिएको भान हुन्छ ।

एक युट्युव च्यानललाई अन्र्तवार्ताको क्रममा सहभागी केकी अधिकारी, प्रकाश सपुत र बर्षाबीच असन्तुष्टि प्रष्ट रुपमा देखिएको छ । प्रयाङ्क गरेको भन्दै देखाइएको सो भिडियोमा बर्षाले बागलुङमा भएको प्रिमियरमा आफूलाई निम्तो समेत नगरेको,आफूलाई छुट्टै पार्ने योजना रहेको र जर्वजस्ती घुस्ने पनि कुरा नआउने उनले बताइएन् ।
प्रयाङ्क भनिए पनि बर्षाको न्याउरो अनुहार र बर्षाले कुशनले हानेपछि केकी रुनु र अन्र्तवार्ता भइरहेको सोफाबाट बाहिर गएको दृश्यले प्रयाङ्क हो भन्न सकिन्न ।
भिडियोमा प्रयाङ्क गरेको भन्दै केकी अधिकारीलाई कुशनले हानेपछि रोएको र अन्र्तवार्तास्थलबाट बाहिर भएको दृश्यमा देखिन्छ ।
बर्षाले आफू प्रचारमा नगएको भन्दै सञ्चारमाध्यमहरुमा चर्चा हुने गरेको भन्दै चित्त दुखाएकी छिन् । संचारकर्मीले आफ्नो विवाह र सम्बन्ध विच्छेदबारे प्रश्न गर्ने गरेको र उत्तर दिन्न भन्न पनि नमिल्ल्ने उनको तर्क छ ।
केही समयअघि चलचित्र ए साथी सुन प्रर्दशनमा आयो । तर चलचित्र सुपर फल्प सावित भयो । यस चलचित्रको प्रमोशनमा बर्षा जान नपाउदा दुःखी रहेको अन्र्तवार्ताहरुमा बताउने गरेकी छिन् ।
चलचित्र नगरीमा आफूलाई स्थापित गर्न संर्घषरत बर्षा दिनरात मेहनत गरिरहेको उनको फिगरबाट पनि प्रष्ट हुन्छ । उनी हरेक दिन जिम जान्छिन् । खानामा समेत सचेत रहेको बर्षा बताउने गरेकी छिन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।