२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘वानर सेना’को विशेष शो



 

२० असोज । राजधानीमा चलचित्र बानर सेनाको विशेष शो आयोजना गरिएको छ । चलचित्र हेर्न हलमा कलाकार, पत्रकार र शुभेच्छुकहरु पुगेका थिए ।
चलचित्र हेरेपछि चलचित्र निर्देशक शोभित बस्नेतले चलचित्र क्षेत्रमा प्रवेश गरेकोमा अर्पण गिरी (अरमान जंग)लगायतको टिमलाई शसवागत गर्दै शुभकामना दिए । उनले भने, ‘अभिनेता अर्पण गिरीको पहिलो प्रयास राम्रो छ । अझैं मेहनत गरे चलचित्र क्षेत्रमा स्थापित हुने देखेको छु ।’
चलचित्रका निर्देशक समेत रहेका अभिनेता अर्पण गिरिले चलचित्रको प्रर्दशनपछि आउने प्रतिकृया हेरे अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्देशक गिरीसहित चलचित्रमा किशोर खतिवडा, सुरवीर पण्डित, आरजु प्रसाईं, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, ज्ञानेन्द्र थापा, विशाल बराल, अमित पौडेललगायत कलाकारको अभिनय छ।

युवराज गिरीले लगानी गरेको चलचित्रमा निर्देशक गिरीकै कथा, पटकथा, संवाद र गीत छ। चलचित्र गिरी ग्राण्ड फिल्म्स्को प्रस्तुति र गिरी ग्रेन्ड फिल्म प्रा.लि.को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा विनोद सापकोटाको छायांकन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र नारायण रिजालको कोरियोग्राफी छ।

चलचित्र विएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, लोत्से मल, एनबी सेन्टर, कीर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, सिटिक्याक्स सिनेमाज, डिएम सिनेमा, गोपीकृष्ण मुभिज, अष्टनारायण पिक्र्चस, विश्वज्योति सिनेमा, आरके सिनेमाज, कलंकी सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मले सो पाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।