११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सूर्यबिनायकमा टिपरको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु



२० असोज । भक्तपुरको सूर्यबिनायकमा टिपरको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ श्रीजनानगर चोकमा हाल नम्बर नखुलेको टिपरमा बा.९७ प २९५० नम्बरको मोटरसाइकल ठोकिएर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ८ दार्जिलिङ हाईट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ घर भएका २३ वर्षीय राम शरण आलेमगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : ०५ बजे