ललितखबर
२२ असोज । ललितपुको गोदावरीमा हाट बजार लाग्ने भएको छ । गोदावरी उद्योग बाणिज्य संघले गोदावरी १२ ठेचो तल्लो लार्छी
यही आइतबार हाट बजार सञ्चालन गर्न लागेको हो । हाट बजार राख्न व्यावसायीलाई निशुल्क स्टल दिइने उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
गोदावरीमा उत्पादन भएको सरसामानको बजार प्रबद्र्धन गर्न हाट बजार सञ्चालन गर्न लागिएको उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जगन्नाथ महर्जनले बताए ।
हाट बजारलाई चापागाँउ र ठैवमा समेत विस्तार गर्ने संघको योजना छ । पुर्वअध्यक्ष महर्जनले भने, हरेक हप्ता हाट बजार चलाउने हाम्रो योजना छ । हामी गोदावरीमा नयाँ नयाँ उद्यमी जन्माउन प्रयास गरिरहेका छौं ।
हाट बजार दिउँसो ४ बजे साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । हाट बजार सञ्चालन गर्न गोदावरी १२ नम्बर वडाले आर्थिक सहयोग गरेको छ ।
२२ आश्विन २०८०, सोमबार
974
Shares
प्रतिक्रिया