१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र क्षेत्रमा समस्याका चाङ छन्, सरकार गम्भीर बनोस्ः अध्यक्ष खड्का



२२ असोज । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताएका छन्।
सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शून्यप्राय भएको बताए। उनले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताए।
उनले भने, ‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ। राज्यसँग हामीले राखेका मागहरुको सम्बन्धमा सुनुवाई शुन्यप्रायः छ। सरकार गम्भीर नहुँदा उद्योग पछि परेको छ। सरकार गम्भीर भइदियोस्।’

उनले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति रहेको पनि बताए। उनले नेपाली चलचित्रलाई राज्यले गहनाको रुपमा मात्रै बुझ्ने गरेको भन्दै आपत्ति जनाए।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ५४ बजे