११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा कुकुर विरालोको बन्ध्याकरण र रेविज विरुद्धको खोप



२३ असोज । काठमाडौं महानगरले आजदेखि शहरका कुकुर विरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएको छ ।
रातको बेला राजधानीका फुटपाथमा सामुदायिक कुकुरले टोक्ने खतरा बढेपछि महानगरपालिकाले बन्ध्याकरण गर्न सुरु गरेका हुन् । बन्ध्याकरणपछि दश देखि १५ बर्षभित्र कुकुर फुटपाथबाट हट्ने बताइएको छ । केही समयअघिसम्म नगरका कुकुर मार्ने अभियान नै चलाइन्थ्यो । पशुअधिकारकर्मीको विरोधपछि यसरी बन्ध्याकरण कार्यक्रम सुरु हुन थालेको हो ।
पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ५६ बजे