८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले नेता महेश बस्नेतको गाडीमा आक्रमण



२५ असोज । नेकपा एमालेका नेता महेश बस्नेत प्रमुख अतिथि भएको कार्यक्रम बिथोल्ने प्रयास भएको छ। झापाको अर्जनुधारामा आयोजना भएको नगर अधिवेशनको उद्घाटन गर्न बस्नेत गएका थिए।

बिहीबार युवा संघ नगर कमिटीको प्रथम अधिवेशनमा बस्नेत प्रमुख अतिथि थिए। उनी सहभागी भएको कार्यक्रम बिथोल्ने प्रयास भएको झापा प्रहरीले जनाएको छ। झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले अनुसार दुर्गा प्रसाईं र पहिचानवादीको समूहले बस्नेत अतिथि रहेको नगर कमिटीको अधिवेशन विथाल्ने प्रयास गरेको बताए।

दुई समूह मिलेर कार्यक्रम बिथोल्न आउँदै गर्दा प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ। उनीहरुले कार्यक्रममा सहभागिता जनाउन आएकाहरूको सवारी साधनमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताएका छन्।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।