८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा एक सातासम्म विद्युत् अवरुद्ध हुने, यी ठाँउ हुनेछन् प्रभावित



२५ असोज । काठमाडौंका १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।
प्राधिकरणका अनुसार काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने छ।
लैनचौर ६६ र ११ के.भी.सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।