२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परदेशी २’ र ‘बासेन्जी’ आजदेखि प्रदर्शन



काठमाडौँ
२६ असोज । आजदेखि दुई नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’ प्रर्दशनमा आएको हो ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक नारायण रायमाझीले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘परदेशी–२’ हो । अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उनले जानकारी दिए ।

निर्देशक रायमाझीले भने, “हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ । आफ्ना कथा विश्वलाई देखाउनुपर्छ । मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन् ।”

राजेश वंशलले निर्माण गरेको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गरेका हुन् । एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।
आजबाटै प्रर्दशनको तयारीमा रहेको चलचित्र कौसिद भने सेन्सर बोर्डले रोकेको कारण प्रर्दशन हुन सकेन ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।