२६ असोज । चलचित्र ‘कौसीद’को प्रर्दशनी सेन्सर बोर्डका कारण रोकिएको छ ।
चलचित्रका कलाकार भोलाराज सापकोटाका अनुसार अन्तिम समयमा आएर सेन्सर बोर्डले चलचित्रका केही दृश्य नराख्न भनेपछि प्रर्दशन हुने चलचित्रको विहानी शो रोकिएको हो ।
अभिनेत्री ऋचा शर्मा र कलाकार भोलाराज सापकोटाको मुख्य भूमिका रहेको यस चलचित्रका केही दृश्य काटेर दिउँसोको शोपछि प्रर्दशनमा जाने निर्माण पक्षको तयारी छ ।
चलचित्रको प्रचार प्रसारमा निर्माण पक्षले चासो नदिदा गुमनाम झैं चल्न लागेको यस चलचित्र राजनीतिक विषयबस्तुमा आधारित रहेको बुझिउको छ । कुमार भाष्करको निर्देशनमा यो चलचित्रनिर्माण भएको हो ।
प्रतिक्रिया