२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परदेशी २’ हेर्ने कलाकारले गरे डेव्यु अभिनेता प्रकाश सपुतको तारिफ



ललितखबर
२६ असोज । आजबाट प्रर्दशनमा आएको चलचित्र परदेशी २ हेरेर कलाकारहरुले चर्चित गायकको छवि बनाएका डेव्यु अभिनेता प्रकाश सपुतको अभिनयको तारिफ गरेका छन् ।
राजधानीमा शुक्रबार विहान भएको विशेष प्रर्दशनी गरेपछि अभिनेता दिपकराज गिरीले लामो समयदेखि क्यामेरा फेस गरेका गायक प्रकाश सपुतले राम्रो भूमिका निभाएको प्रतिकृया दिए । उनले नयाँ अभिनेताको छनक नै नदिएको अनुभव बाँडे । अभिनेता प्रकाश सपुतको आगमन सुखद देखिएको उनले बताएका छन् ।


नारायण रायमाझीको चलचित्र बनाउने शैलीलाई मौलिक भन्दै दिपकले संवेदनशील विषय उठाउने बताए । अभिनेता दिपकराज गिरीले अर्को दशैंमा नयाँ चलचित्र ल्याउने उद्घोष गर्दै चलचित्रको नाम फाइनल नभएको बताए ।
हास्य कलाकार मनोज गजुरेलले अभिनेता प्रकालगायतको कामको विषयमा टिप्पणी गर्दै चलचित्र नै कोषेढुंगा सावित हुने दाबी गरे ।
हास्य कलाकार हरिबंश आचार्यले चलचित्रले दर्शक मनोरञ्जनसँगै मार्मिक सद्येश दिने बताए । उनले भने चलचित्रमा गायक प्रकाश सपुतको दमदार अभिनय रहेछ । भने, ‘हेर्नलायक चलचित्र बनेको रहेछ ।’


अभिनेता प्रकाश सपुतले आजबाट अपिसियल हिरो भएको अनुभन बाँड्दै सबैले सकारात्मक प्रतिकृया पाएदा खुशी भएको बताए । दिपकराज गिरीलगायतका कलाकारले आफ्नोबारेका टिप्पण्ी गरेपछि उनी पुकलित देखिन्थे ।

चलचित्र हेरेर फर्कने दर्शकहरु आँखाको आँशु पुछ्दै फर्केको देखिन्थ्यो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।