६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको भत्केको पुलबाट लागू औषध मुद्दाका फरार अभियुक्त सम्राटराज पन्त पक्राउ



काठमाडौं

२६ असोज । लागू औषध कारोबार अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार साँझ काठमाडौंको भत्केको पुलनजिकबाट पक्राउ गरेको छ ।
लागू औषध कारोबार गरेको अभियोगमा मोरंग जिल्ला अलदालतमा मुद्दा मुल्तवीमा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ५ बस्ने ४० बर्षिय सम्राटराज पन्तलाई मालिगाउँ प्रहरी बृत्तले घरबाटै पक्राउ गरेको हो ।
सरकारले पन्तसहित मोरंगका बिक्की भन्ने विकास अग्रवाललाई विपक्षी बनाइ मोरंग जिल्ला सरकारी वकिल कार्यालय २०७८ जेठ २० मा मुद्दा दर्ता गरेको थियो । प्रहरीले अग्रवाललाई मुद्दासँगै पेश गरे पनि पन्त भने फरार थिए । पन्तलाई हाजिर हुन आउन अदालतले २०७८ साल मंसिर २७ मा एक दैनिक पत्रिकामा म्याद प्रकाशन गरेको थियो । पत्रिकामा प्रकाशन गर्दा पनि पन्त अदालतमा हाजिर नभएपछि सहअभियुक्त अग्रवालको हकमा सजाय हुने गरी फैसला गर्दै पन्तको हकमा मुद्दा मुल्तबीमा राखेको थियो । एउटै अभियोगमा अग्रवाललाई अदालतले २ बर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गरेको छ ।
मोरंग जिल्ला अदालतमा मुद्दा मुल्तवीमा रहे पनि पन्त भने काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा उनी विरुद्ध चलिरहेको देवानी मुद्दामा तारिख धाइरहेका थिए । प्रहरीको आँखा छल्दै लुकिछिपी बस्दै आएका पन्तलाई प्रहरीले पक्राउ गरेपछि मोरंग जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।