११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिमा फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रर्दशनी सुरु



भक्तपुर
२७ असोज । फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आजबाट मध्यपुरथिमिमा सुरु भएको छ ।

मध्यपुर थिमिस्थित शङ्खधर मार्ग (वायरीलाँ) टोल सुधार समितिको आयोजनामा आजबाट कला, संस्कृति, जात्रापर्व र मध्यपुरको सांस्कृतिक विषयक फोटो प्रदर्शनी गरिएको समितिका अध्यक्ष रोशन बज्राचार्यले जानकारी दिएका छन् ।

फोटो प्रदर्शनीको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् । प्रदर्शनीको बारेमा जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष बज्राचार्यले मध्यपुरथिमिको ऐतिहासिक सम्पदा, संस्कृति, कला र जात्रापर्वलाई दसैँको अवसर पारेर आम थिमिवासीलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी गरिएको बताए ।

फोटोपत्रकार श्रेष्ठले थिमिका विभिन्न पर्व, जात्रा, ऐतिहासिक सम्पदाहरूको ९० वटा फोटो प्रदर्शनीमा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ५ : ३७ बजे