७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनाङ एयरका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगियो



२८ असोज । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ।

शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो।

ह्याम्स अस्पतालका अनुसार सेढाईंलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टरमा रेफर गरिएको छ। उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् त्यसतर्फ लगिएको हो।

ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर्न सेन्टर पुर्‍याएका थिए। ह्याम्सको टोलीले आइतबार बिहान १ बजे मुम्बईको नेशनल बर्न सेन्टरमा बिरामी हस्तान्तरण गरिसकेको छ। ह्याम्सको टोली आइतबार बिहान ४:२० बजे नै स्वदेश फर्किसकेको छ।

शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।

लेक लागेका आरोहीलाई लिन गएको हेलिकोप्टरमा दुर्घटना हुँदा पाइलट सेढाईं मात्रै थिए। सेढाईंको मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भागमा जलन भएको ह्याम्स अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।