३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुद्ध शिष्यको प्रस्तर मूर्ति भियना म्युजियममा भेटियो



२८ असोज । सन् ७० दशकको उत्तरार्द्धमा यटखा टोलको अरखु बहीबाट चोरिएको सारीपुत्र/मोद्‍गललायनको प्रस्तर मूर्ति अस्ट्रिको भियनास्थित एक निजी लिलाम गृहमा भेटिएको छ ।

चोरिएका/हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, भियनाको ग्यालरी जेक अक्सनमा यो मूर्ति २०१८ डिसेम्बर ८ मा बिक्री भएको पाइएको छ । सत्रौं शताब्दीको मानिने यो सम्पदाको स्वीस कला अन्वेषक उल्रिच भोन स्क्रोडरले सन् १९७६ मा तस्बिर लिएर आफ्नो कृति ‘नेप्लिज स्टोन स्कल्प्चर्स’मा प्रकाशित गरेका छन् । लिलाम गृहले यो सम्पदालाई १४/१५ शताब्दीको देवी प्रतिमा भनेर उल्लेख गरेको छ ।

यसअघि, सन् ७० पूर्वाद्ध दशकमा चोरिएको मानिने लगन टोलस्थित कीर्तिपुन्य महाविहारबाट चोरिएको सारीपुत्र/मोद्गललायनको स्वर्ण आकृति भियनाको यही ग्यालरीमा फेला परेको थियो । भगवान् बुद्धका सर्वश्रेष्ठ र निकटवर्ती दुई शिष्य भनेर चिनिने सारीपुत्र तथा मोद्गललायनको निर्मित मूर्तिको अवस्थितिबारे थाहा भएपनि मूर्तिमा रहेको आकृति सारीपुत्र तथा मोद्गललायनमध्ये कसको हो भन्ने खुट्याउन भने सकिएको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ३४ बजे