३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने चालकलाई कारबाही



२९ असोज । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : १९ बजे