२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नापी कार्यालयका सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ



२९ असोज । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएकाे अख्तियारकाे भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।