२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भक्ती सागर गीतिएल्बम सार्वजनिक



 

३० असोज । भजनको गीतिएल्वम भक्ति सागर राजधानीमा सार्वजनिक गरिएको छ ।
विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा रहेको उनको यो तेत्तीस औं कृति हो भने यस भक्ति सागर (गीतिएल्वम) भजनमा चार वटा भजनहरू जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम भजनहरू समावेश रहेको छन् ।
स्वयम् रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीतिएल्बमभित्र रहेको छ । एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ ।

एल्बम सार्वजनिक समारोहमा सयौं जनाको जनाको सहभागिता रहेको थियो । ओएसनेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरिएको थियो ।
उक्त कार्यक्रममा दिनेश डि. सि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, एच बि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मा लगायत सहभागी थिए । दशैंको शुभ अवसर पारेर भजन सार्वजनिक गर्न पाउँदा खुशी लागेको ओएसनेपालको तर्फबाट सुमन सापकोटाले जानकारी दिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।