२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान



 

काठमाडौं
३० असोज । लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक सम्मानित भएकी छिन्।
अमेरिकाको बोस्टन राज्य रहेर नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको भन्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो।

पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल) को चौथो वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पीम नेपाल ’साहित्य सम्मान–२०८०’ प्रदान गरिएको थियो भने त्यसैगरी म्युजिक खबर पाक्षिकको ७ औं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रमको अवसरमा म्युजिक खबर साहित्य सम्मान २०८० मार्फत सम्मानित गरिएको छ।

विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । उ
नले अमेरिकाको नर्थ ईस्टर्न विश्वविद्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

सानैदेखि कला साहित्य क्षेत्रमा प्रवेश गरेकी प्रख्यात स्रष्टा अनु शाहको दुई सयभन्दा बेसी गीतहरू रेकर्ड भइसकेका छन् भने दुई दर्जन गीतका म्युजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन् ।
बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र चलचित्र निर्माण पक्षमा समेत उत्तिकै सशक्त भएर नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।