३० असोज । ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ भएको छ । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर फिल्म एकेडेमीद्वारा सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेका हुन् ।
‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।
‘कान्तिपुर सिनेमाज्’मा चलचित्र ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ हेर्न सकिन्छ भने सिरिजहरु ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’र छोटो चलचित्र ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ हेर्न सकिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै दर्शक नहुँदा चलचित्र निर्माताहरुले पैसा कमाउन धेरै मेहनत गर्न पर्ने बताए । उनले चलचित्रको सेन्सरका लागि धेरै कैची चलाउन नहुने तर्क गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ ले चलचित्र जगतमा नयाँ कामको सुरुआत गरेकोमा बधाई दिए । उनले नयाँ कामको सुरुवातसंगै चुनौती र अवसर भएको बताए ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।
हाँस्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्न ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे ।
प्रतिक्रिया