१ कात्तिक । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो ।
यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो । त्यस पछि पोखराका विभिन्न स्थानहरुमा छायाकंन गरिएको हो ।
चलचित्रको पहिलो चरणको छायांकन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो चलचित्र आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने दाबी गरे ।
चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन् । चलचित्रका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।
यो चलचित्रमा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ । क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । छायांकनको दोश्रो सेड्यूल दशैं लगतै सुरु हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रले पोखरा केन्द्रित कथा भन्छ ।
प्रतिक्रिया