९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा



२ कात्तिक । एसीसी मेन्स यु–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । नेपालले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भयो ।

नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उपविजेताको रुपमा साउदीले पनि सेमिफाइनलमा स्थान बनाएको छ । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा नट आउट रहे । अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । साउदीलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेल एक्लैले पाँच विकेट लिए । उनले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएका हुन् । त्यस्तै आकाश चन्दले दुई तथा सुवास भण्डारीले एक विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रन बनाएको होथियो । नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाएको छन् ।उनले १११ बलमा १७ चौका र दुई छक्काको मद्दतले १४२ रन बनाए । त्यस्तै आकास त्रिपाठीले ९८ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ८९ रनको योगदान गरे ।
त्यस्तै दिपक बोहराले २९ रनको योगदान गर्दा दिपक प्रसाद डुम्ब्रेले १४ रन बनाए । विशाल विक्रम केसी २४ रन अविजित रहँदा दिपेश कँडेल १४ रनमा आउट भएका थिए । कप्तान देव खनालले खाता नै खोल्न सकेनन् भने मिलन बोहराले ९ रन बनाए । साउदीका लागि मोहम्मद अहम्मद राजा र मुहाम्मद गायोर अहम्मदले समान दुई विकेट लिए भने जुहेर मुहम्मद, अब्दुल्लाह सिराज र शाजिव मुजिबुर रहमानको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ७ : ५९ बजे