१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रत्येक खेलाडीलाई दुई लाखले पुरस्कृत गर्नुपर्छः गणेश थापा(भिडियोसहित)



२ कात्तिक । एशियाली फुटबल महासंघ(एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले प्रत्येक खेलाडीलाई दुई लाखले पुरस्कृत गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘आजभन्दा करिव १५ वर्ष अगाडि टिमले राम्रो प्रदर्शन गर्दागर्दै हारेको टिमलाई पनि पटक–पटक एक लाख खेलाडीहरुलाई पुरस्कृत गरेको वर्तमान एन्फा अध्यक्षलाइ स्मरण गराउन चाहन्छु ।’
विश्वकप छनोट राउण्ड जस्तो महत्वपूर्ण प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गर्दा पनि ५१ हजार पुरस्कृत गरेर सम्पूर्ण खेलाडीहरूको अपमान भएको महसुस भएको उनले बताएका छन् ।
यस दोस्रो चरणमा प्रवेश गर्दा कम्तीमा पनि एन्फाले आर्थिकरुपमा करिब ४ करोड जति आम्दानी गर्ने उनको भनाइ छ ।
उनले सबै खेलप्रेमीहरु, एन्फा पदाधिकारीहरु, तथा मिडियाहरुले खेलाडीको निमित्त आवाज उठाइदिन अनुरोध पनि परेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।