२ कात्तिक । काभ्रेबाट राजश्व छलेका ९२ बोरा चिनी र २८ बोरा धान प्रहरीले बरामद गरेको छ। बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो साढे १ बजे सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र धान बरामद गरेको हो।
पनौतीबाट बनेपा जाँदै गरेको धुलिखेल नगरपालिका-२ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना ६ ख ६२१९ नम्बरको ट्रक रोकेर प्रहरीले तलासी लिएको थियो।
त्यसक्रममा ट्रकभित्र ५० किलोका ९२ वटा बोरा र २८ वटा धानका बोरा बरामद गरेको हो।
प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया