२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरमा बस दुर्घटना हुँदा ३५ जना घाइते, पाँचको अवस्था गम्भीर



३ कात्तिक । मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। मदन भण्डारी राजमार्ग (धरान चतरा सडक खण्ड) अन्तर्गत पर्ने बकैया-५ तीनतलेमा शुक्रबार दिउँसो ४:२० बजे हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको ना १ ख ३९८८ न.को बस दुर्घटना भएको थियो ।
बस आफैं अनियन्त्रित भई सडकबाट १०/१५ मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा ३५ जना घाइते भएका छन्। पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।