७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दसैँमा सेतो मासु, फलफूल र रेसादार खानेकुरामा जोड दिन स्वास्थ्य मन्त्रालयको सुझाव



३ कात्तिक । स्वास्थ्य मन्त्रालयले चाडपर्वका बेला खानपानमा ध्यान दिन आम नागरिकलाई सुझाव दिएको छ।

बडादसैँको मुख्य दिन नजिकिँदै गर्दा मन्त्रालयले विज्ञप्ति जारी गरी असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिने भएकाले होसियार अपनाउन आग्रह गरेको हो। मन्त्रालयले स्वास्थ्य बिग्रिन नदिन सेतो मासु, फलफूल र रेसादार खानेकुरा सेवनमा जोड दिन अनुरोध गरेको छ।

‘चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सेतो मासु, फलफूल र रेसादार खानेकुराहरू सेवनमा जोड दिनुहुन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसात् गर्नुहुन अनुरोध गर्दछौँ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।