४ कात्तिक । छक्का पञ्जा सिरिज बनाइरहेको नेपाली चलचित्रक सफल निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले आगामी दशैंमा आफूले चलचित्र प्रर्दशण गर्ने घोषणा गरेको केही दिनमै नेपाली चलचित्र प्रेम गित सिरिजका निर्माता सन्तोष सेनले आउँदो फुलपातीमा चलचित्र बलिदान प्रर्दशन गर्ने उद्घोष गरेका छन् ।
निर्माता तथा निर्देशक सेनले आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट चलचित्र “बलिदान“ को शीर्षक थिम् लुक सार्वजनिक गरेका छन् । प्रेमगीत सिरिजजस्ता हिट चलचित्र दिनुका साथै नेपाली सिनेमाको अन्तरास्ट्रिय बजारमा हामी पनि एकसाथ आफ्नो उपस्थिति जनाउन सक्छौ है भन्ने ऐतिहासिक योगदान दिएको आसुसेन प्राली तथा सन्तोष सेनको प्रस्तुती रहेको यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता÷ निर्देशक सन्तोष सेनको रहने बताइएको छ । उनको चलचित्र गोर्खा वारियर अहिले विभिन्न देशमा प्रर्दशनको तयारीमा छ ।
तिहार लगत्तै छायांकनमा जानेगरी निर्माण टिमले तयारी गरिरहेको छ । अहिले प्रि–प्रोडक्शनको काम भइरहेको जनाइएको छ ।
निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफÞेसर , लेखक एवम् साधक दर्शन जी रहनेछन् । स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित को भुमिका रहनेछ । कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द प्रेम पुरी रहनेछन् ।
सार्वजनिक सामग्री अनुसार कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्ग ृ सल्वार्टन े का बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक ÷ सामाजिक द्वन्द्व÷ आन्दोलनहरूका उत्पति, कारण र परिणाम लाई यथार्थ चित्रण गरिने बताइएको छ ।
‘यो कथा नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा यो शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दल दल्ने देशीविदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने विभत्स परिवेशलाई चित्रण गर्ने हुनाले नेपालको मधेशको त हो नै साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो ।’ निर्देशक सेनले भने ।
विषयवस्तु यथार्थ हुने स्थान तथा पात्र काल्पनिक हुने बताइएकाले यसमा काल्पनिक रङ दिएर नेपाली समाजमा भएगरेका मधेस मुद्दालगायत सबैतिर देखिने सल्वाटर्नका मुद्दालाई शशक्त रुपमा उठाउने र नेपाली राजनीतिको विहङ्गम अवलोकन गरी नेपालमा सधैं अस्थीरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ता तत्व देखी सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश दिइएको छ ।
चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशीविदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातचुत पारिन्छ भन्ने कुरालाई चित्रण गर्दै सधैं यस्तो भएर अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउछ भन्ने सत्यलाई आत्मसात गरिने भेटिन्छ । त्यस पुरुषले नै तानाशाही कुटिलहरूको बलि दिएर समाजमा÷भुगोल टुक्रिन बाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने नै “बलिदान “ हो ।
प्रतिक्रिया