२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिनी ट्रक र स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु



झापा
४ कात्तिक । उत्तरी झापाको अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा २ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।