२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बडादशैंको मौसम आंशिक बदली



काठमाडौँ
६ कात्तिक । आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने जनाएको छ ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा एक÷दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रधानाङ्गका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।