१२ कात्तिक । नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा किनबेच सुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य अहिलेसम्मकै धेरै प्रतितोला एक लाख १७ हजार तोकिएको छ ।
गएको शुक्रबार प्रतितोला एकलाख १६ हजार रहेको सुन शनिबार एक हजार रूपैयाँले बढेर १ लाख १७ हजार पुगेको थियो । आइतबार सुनको मूल्य घटबट नभई १ लाख १७ हजारमै कारोबार भएको छ ।
आइतबारको छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँमा कारबार भइरहेको छ ।
बजारमा चाँदी पनि मूल्य बढेर कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ मा कारोबार भएको छ । यो गत शुक्रबारको भन्दा १५ रूपैयाँ महँगो हो ।
प्रतिक्रिया