२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बेथान्चोकमा बोलेरो दुर्घटनापछि नेतृ नविना लामालगायत एमालेका नेताहरु घाइते



१२ १२ कात्तिक । काभ्रेको खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बा१४च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमालेका नेताहरु घाइते भएका छन्। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन गरी फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो।
बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरि सुवेदीले बताए।

गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा, सुवेदी लगायतका नेताहरु थिए। बोलेरोमा १७ जना थिए। ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ। स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाइतेहरुलाई अस्पताल पठाएका हुन्।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।