२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


देउराली सहकारीका कर्जा संयोजक खत्री र व्यवस्थापक केसी पक्राउ



ललितखबर
१४ कात्तिक । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय खोलेर सञ्चालनमा रहेको देउराली बहुउद्देश्यीय सहकारीका कर्जा समितिका संयोजक राजेन्द्र खत्री र व्यवस्थापन दिपक केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको छ ।

हजारौं सर्वसाधरणको निक्षेप हिनामिना गरेको आरोपमा अध्यक्ष रविन्द्र चौलागाईलाई यसअघि नै पक्राउ गरेर प्रहरीले थुनामा राखेको छ ।
सर्वसाधारणको निक्षेप हिनामिना गरेर विभिन्न ठाँउमा जग्गा खरिद गरेपछि गत बर्षदेखि नै सहकारी संकटमा थियो । निक्षेपकर्तालाई जग्गा दिएर हिसाव मिलान गर्ने बचन दिए पनि अध्यक्ष चौलागाईलगायत सञ्चालकले निक्षेपकर्ताहरुलाई चित्त बुझाउन सकेका थिएनन् ।
पछिल्लो समय कार्यालय बन्द गरेर मिडियामा आरोप प्रत्यारोपमा उत्रेका सहकारीका अध्यक्ष चौलागाईले थोरै निक्षेप मात्रै फिर्ता गर्न बाँकी रहेको बताउने गरेका थिए ।
सिविआईका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले अन्य सञ्चालक फरार रहेको र खोजी कार्य जारी रहेको बताए । भने, ‘हामी संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेका छौं । सञ्चालकहरुको सम्पत्ति रोक्काका लागि पत्राचार गरिएको छ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ४८ बजे