९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पनौतीमा पराल बोकेको ट्रक दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते



१४ कात्तिक । काभ्रे पनौतीमा मंगलबार ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पनौती नगरपालिका–२ सिलाभन्ज्याङमा कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा४ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

सो घटनामा ट्रक चालक काभ्रेको पनौती नगरपालिका–२ कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका २ बस्ने वर्ष ५० को शिवविक्रम केसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बेथानचोक–२ की ४५ वर्षीया सारदा तिमल्सिना गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।