४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized




काठमाडौं
१४ कात्तिक । काभ्रेको पनौती नगरपालिका २ सिलाभन्ज्याङस्थित सडकमा बा.४ ख ६७२३ नम्बरको गाडीको ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा पनौती नगरपालिका कुशादेवी बस्ने ४०
वर्षीय चालक रबिन आचार्य र गाडीमा सवार बेथानचोक गाउँपालिका २ बस्ने ५० वर्षीय शिवबिक्रम केसी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएकी १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।