६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा जुवातास खेलिरहेका १६ जना पक्राउ



१४ कात्तिक । राजधानीको दुई फरक ठाँउबाट जुवातास खेलिरहेका १६ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका ८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका २ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताएकोे छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।