२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


देउराली सहकारीका अध्यक्ष चौलागाईंमाथि संगठित अपराध कसुरमा अनुसन्धान



१५ कात्तिक । सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर अध्यक्ष रवीन्द्र चौलागाईंले देउराली सहकारीमा संगठित रूपमा ठगी गरेको निष्कर्षसहित सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको छ । संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन् । सिआइबीले आइतबार संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्री चौलागाईंकै आफन्त हुन् । काभ्रेको चौरी–देउराली स्थायी घर भएका चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : ४९ बजे