२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी टाहाखेलबाट ८ जना जुवाडे पक्राउ



१५ कात्तिक । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खलेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–१० टाहाखेल का ३९ वर्षीय कुमार भन्ने टुकनाथ घिमिरे, बागमती गाउँपालिका–१ घुसेल घर भएका ४० वर्षीय नारायण गौतम, गोदावरी–१० टाहाखेल का ३७ वर्षीय निराजन न्यौपाने, सोही ठाउँका १९ वर्षीय श्याम महर्जन, कोञ्ज्योसोम गाउँपालिका–२ शंखुका ४७ वर्षीय उद्धव बजगाई, बागमती–५ का ४२ वर्षीय पासाङ स्याङतान तामाङ, सोही ठाउँका २७ वर्षीय माधव घिमिरे र बागमती–४ का ३५ वर्षीय रमेश तिमिल्सिना छन्।

उनीहरुलाई मंगलबार राति पौने ११ बजे गोदावरीको टाहाखेलस्थित टुकनाथको घरबाट पक्राउ गरिएको हो। उनीहरुबाट १५६ पत्ती तास र २ लाख ७ हजार नगद बरामद समेत भएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।