११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकाली र चन्द्रगिरीमा एक एक जना मृत फेला



 

१६ कात्तिक । काठमाडौंको दक्षिणकाली र चन्द्रगिरीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं दक्षिणकाली नगरपालिका ४ स्थित बाँसबारी डाँडा रेष्टरेण्ट एण्ड गेष्ट हाउसमा कामm गर्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर बताउने ३४ वर्षीय धन राज शाही ठकुरी बिहीबार सोही गेष्टहाउसको कोठमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका १ गैरीगाउँ गिरिटोल घर भएका ५८ वर्षीय बदन गिरी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : १९ बजे