१७ कात्तिक । आज आइसिसी टि–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलको खेल काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा हुँदैछ । यो खेलको जित वा हारले नेपालले विश्व कप क्रिकेट खिल्ने वा नखेल्ने तय हुनेछ ।
खेलमा ऐतिहासिक जित निकाल्न सके नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउँछ ।
आज ११ बजे मुलपानी मैदानमा हुने नेपाल र युएईको खेल नेपाललाई १० वर्षपछि टि–२० विश्वकपमा छनोट हुने अवसर रहेको छ ।
अहिलेसम्म नेपाल र युएईबीच टि–२० मा अहिलेसम्म ८ खेल खेलेका छन् । खेलहरुमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।
प्रतिक्रिया