१७ कात्तिक । काभ्रे पाँचखालमा आगलागी हुँदा ७२ लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान सवा ६ बजे पाँचखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको उद्ववप्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्ट भई अचानक आगलागी हुँदा नौ वटा सटरु जलेर नस्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार आगलागीबाट ७२ लाखको क्षति भएको हाे । आगलागीबाट तिमल्सिनाको घरमा रहेका चार वटा कपडा पसलका साथै तीन वटा होटल, एउटा मासु पसल र एउटा मोबाइल पसल पूर्णरुपमा जलेका छन् । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया