४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हिरोहरु आफै आफै झगडा गरेर हराइरहेका छन् : रेखा थापा



ललितखबर
१७ कात्तिक । अभिनेत्री रेखा थापाले नेपाली चलचित्रका हिरो(अभिनेता)हरु आफै आफै झगडा गरेर हराईरहेको बताएकी छिन् ।
राजधानीमा निर्माणाधिन चलचित्र ‘उपहार’को गीत सार्वजनिक कार्यक्रममा पछिल्लो समय दयाहाङ्ग राई, मुकुन भुसालजस्ता बबाल अभिनय गर्ने हिरोभन्दा पनि कलाकार स्थापित भएरहेको बताइन् । अभिनेत्री थापाले घुमाउरो पारामा पछिल्ला समय स्थापित दयाहाङ्ग राईहरुलाई हिरो भन्दा पनि कलाकार मात्रै भएको आसय व्यक्त गर्दै अव नेपाली चलचित्रको हिरोजस्तो हिरो डेव्यु अभिनेता समर्पण कार्की अगाडि आउने दावी गरिन् ।
आफूले बच्चा बेलादेखि नै हिरो भन्ने वित्तिकै राजेश हमाल, भुवनकेसीलाई हेर्दै आएको उनको भनाई थियो । उनले मिस्टर नेपालको उपाधि जित्नु अघि नै चलचित्र ‘उपहार’मा डेव्यु गरेका अभिनेता कार्कीलाई आँखा लगाएर हिरो बनाउने योजना बनाएको खुलासा गरिन् । उनले चलचित्र क्षेत्रमा हिरोको अभाव खड्किएको बताइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।