२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाघको आक्रमणबाट महिलाको मृत्यु



बर्दिया
१७ कात्तिक । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने क्रममा आज बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए ।

डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।