२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहद्वारा जाजरकोट भुकम्प पिडितलाई पचास हजार सहयोग,राहत लिएर आफै जाँदै



 

१८ कात्तिक । नेपाली चलचित्रका अभिनेता पल शाहले जाजरकोट भुकम्पमा परेर पिडितहरुको राहतका लागि ५० हजार सहयोग गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत शाहले आफू टिम नेपालको साथमा जाजरकोट जान लागेको जानकारी दिएका छन् ।
अभिनेता शाहले घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बसेको, खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका छन् । उनले यो दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गरेका छन् ।
इस्तो छ अभिनेता शाहको भनाई :

जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ( ५०,००० ) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु ।
हाम्रो टिम राहत र स्वास्थ्य टोलि सहित जाजरकोट जाँदैछ । धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै यो दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।