२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहद्वारा जाजरकोट भुकम्प पिडितलाई पचास हजार सहयोग,राहत लिएर आफै जाँदै



 

१८ कात्तिक । नेपाली चलचित्रका अभिनेता पल शाहले जाजरकोट भुकम्पमा परेर पिडितहरुको राहतका लागि ५० हजार सहयोग गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत शाहले आफू टिम नेपालको साथमा जाजरकोट जान लागेको जानकारी दिएका छन् ।
अभिनेता शाहले घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बसेको, खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका छन् । उनले यो दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गरेका छन् ।
इस्तो छ अभिनेता शाहको भनाई :

जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ( ५०,००० ) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु ।
हाम्रो टिम राहत र स्वास्थ्य टोलि सहित जाजरकोट जाँदैछ । धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै यो दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।